PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

श्रीपञ्चमीमा सरस्वती मन्दिरका भित्तामा नानीहरुका अक्षरकला, हेर्नुस २० फोटोमा

श्रीपञ्चमीमा सरस्वती मन्दिरका भित्तामा नानीहरुका अक्षरकला, हेर्नुस २० फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा।

हिन्दु वैदिक सनातनीहरुले माघ शुक्लपञ्चमीका दिनलाई  विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गर्ने गर्दछन्। नेपाल लगायत हिन्दु धर्ममा विश्वास गर्नेले ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजा गर्ने चलन छ।

धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार माघ शुक्ल पञ्चमीका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित भएको विश्वास गरिन्छ। देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

यसैबीच स्वयम्भुस्थित सरस्वती मन्दिरमा पनि अक्षरारम्भ गराइएको छ। उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ।



ट्रेन्डिङ पोस्ट

Ncell