PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

च्यासलमाथि फ्रेन्ड्स क्लबको संघर्षपूर्ण जित



पहिलोपोस्ट

च्यासलमाथि फ्रेन्ड्स क्लबको संघर्षपूर्ण जित
फ्रेन्ड्स क्लबका खेलाडी बल अघि बढाउँदै। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लबमाथि फ्रेन्ड्स क्लबले संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले च्यासललाई १-० ले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा उत्तम राईले फ्रेन्ड्स क्लबका लागि निर्णायक गोल गरेका थिए। खेलको ८४ औं मिनेटमा फ्रेन्डस क्लबले फ्रिकिकमा अवसर पाएको थियो। फ्रिकिकमा विश्व अधिकारीको प्रहार च्यासलका गोल किपरले बचाए पनि उत्तम राईले रिबाउन्ड भएर आएको बललाई प्रहार गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए। त्यसपछि च्यासलले गोल फर्काउन नसक्दा उनको गोल नै निर्णायक बन्न पुग्यो।

जितसँगै फ्रेन्ड्स क्लब अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ। ३ जित २ बराबरी र ४ हारसँगै फ्रेन्डस क्लबको ११ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell