
स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि फराकिलो जित निकाल्दै अन्तिम ८ मा प्रवेश गरेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५-० ले हराएको हो।
बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले २ गोल गर्दा एन्टोनी ग्रिजम्यान, क्लिमेन्ट लेनग्लेट र आर्थर मेलोले समान १/१ गोल गरे।
खेलको चौथो मिनेटमै ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसपछि लेनग्लेटले २७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा बार्सिलोना २-० ले अगाडि रह्यो। दोस्रो हाफमा मेस्सीले टिमलाई फराकिलो जित तर्फ डोहोर्याए। उनले खेलको ५९ र ८९ मिनेटमा गोल गरे। त्यस्तै आर्थरले ७७ औं मिनेटमा गोल गरेका थिए।