PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

पाँच वर्षीय नातिनी बलात्कार कसुरमा हजुरबुबालाई २० वर्ष कैद, बाबुलाई जन्मकैदको सजाय



पहिलोपोस्ट

पाँच वर्षीय नातिनी बलात्कार कसुरमा हजुरबुबालाई २० वर्ष कैद, बाबुलाई जन्मकैदको सजाय

अर्घाखाँचीः जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ।

अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो। जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिए।

गत साउन २ गते  जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो। १० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेमा कानुनमा अनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताए।

त्यस्तै अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला गरेको उनले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell