PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

कोरोना भाइरसको विश्वव्यापी प्रभाव, विश्व स्वास्थ्य संगठनले गर्‍यो आपतकालको घोषणा



पहिलोपोस्ट

कोरोना भाइरसको विश्वव्यापी प्रभाव, विश्व स्वास्थ्य संगठनले गर्‍यो आपतकालको घोषणा

काठमाडौँ: विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ। संगठनको इमरजेन्सी कमिटीको बैठकले यस्तो घोषणा गरेको हो। संगठनका महासचिवको नेतृत्वमा अन्तर्राष्ट्रिय स्वास्थ्य नियम (आइएचआर) २००५ बमोजिम बसेको बैठकले नोवेल कोरोना भाइरस २०१९ (२०१९ एनसीओभी) को संक्रमणका कारण अन्तर्राष्ट्रिय रुपमा स्वास्थ्य आपतकाल घोषणा गरेको हो।

गत डिसेम्बरबाट चीनको वुहानमा पहिलोपटक पत्ता लागेको यस रोगको संक्रमण पूरै चीनमा फैलिएको छ। चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो।

विश्व स्वास्थ्य संगठनले कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकमा कोरोना भाइरस फैलन सक्ने त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

बिहीबार जेनेभामा बसेको बैठकले महासचिवलाई यस सम्बन्धी निर्णय लिने जिम्मा दिएको थियो। इमरजेन्सी कमिटीका सदस्य तथा सल्लाहकारहरुको टेलिकन्फेरेन्सबाट भएको बैठकमा चीनका स्वास्थ्य मन्त्रालयका अधिकारीले चीनको पछिल्लो अवस्थाको बारेमा जानकारी दिएका थिए। हालसम्मब १८ देशमा ८३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सात जना चीन भ्रमण नगरेका व्यक्ति हुन्।

बैठकले भाइरस नियन्त्रणमा चीन सरकार र त्यहाँको नेतृत्वको राजनीतिक प्रतिवद्धाप्रति धन्यवाद ज्ञापन गरेका थिए। आपतकाल घोषणा गर्ने निर्णय गर्दै स्वास्थ्य संगठनले यो घोषणा चीनप्रतिको सहयोग, त्यहाँका जनता र सरकारले अग्रपंक्तिमा रहेर भाइरसविरुद्ध लडिरहेको अवस्थालाई सम्मान गर्दै थप फैलिन नदिन विश्वव्यी ऐक्यवद्धता स्वरुप घोषणा गरिएको जनाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसका कारण चीनमा हालसम्म कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ। त्यस्तै ८१६ व्यक्तिमा संक्रमण देखिएको छ। जसमध्ये  चीनमा मात्र ९ हजार ६९२ संक्रमण देखिएको छ।

चीनबाहिर संक्रमण भए पनि मृत्यु भएका घटना सार्वजनिक भएका छैनन्।

यसैबीच अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न सूचना जारी गरेको छ।

कोरोना भाइरस चीनका ३१ प्रान्त तथा स्वशासित क्षेत्रमा फैलिसकेको छ।

कोरोना रोग नियन्त्रणका लागि चीनका सबै क्षेत्रबाट हुवेइमा स्वास्थ्यकर्मीहरु पुगेका छन्। बेइजिङबाट मात्र ७ हजार स्वास्थ्यकर्मीहरु हुवेइ पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बिहीबारसम्म प्रान्तमा मात्र ५ हजार ८०६ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। जसमध्ये ८०४ जना निको भइसकेका छन् भने २९० जनाको अवस्था चिन्ताजनक रहेको समाचारमा उल्लेख छ। कोरोना भाइरसको संक्रमणको लक्ष्यण देखिएसँगै ३२ हजार ३४० जनालाई आइशोलेशनमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell