PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोरोना भाइरस अनुसन्धानका लागि 'ज्याक मा' फाउन्डेशनद्वारा १०० मिलियन युआन सहयोग



पहिलोपोस्ट

कोरोना भाइरस अनुसन्धानका लागि 'ज्याक मा' फाउन्डेशनद्वारा १०० मिलियन युआन सहयोग

बेइजिङ: चीनमा महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (२०१९ एनसीओभी) सम्बन्धी अनुसन्धानका लागि ज्याक मा फाउन्डेशनले १४.४ मिलियन डलर (१०० मिलियन युआन) बराबरको रकम सहयोग गर्ने घोषणा गरेको छ। यो रकम कोरोना भाइरसविरुद्ध भ्याक्सिनको अनुसन्धान तथा विकासका लागि खर्च हुने बताइएको छ।

'हामीलाई थाहा छ वैज्ञानिकहरु समयसँग लडिरहेका छन्। यो सजिलो कार्य होइन। भ्याक्सिनको अनुसन्धानदेखि ठूलो मात्रामा उत्पादन र प्रयोग कठिन कार्य हो,' अलिवावा समूहका संस्थापक समेत रहेका फाउन्डेशनका संस्थापक ज्याक माले भनेका छन्।

फाउन्डेशनले भाइरसविरुद्ध लड्न भ्याक्सिनको विकास तथा अनुसन्धानका लागि थप सहयोग प्रदान गर्ने उनले बताएका छन्।

अलिवावा समूहले आफ्नो रिसर्च इन्स्टिच्युटलाई नोवेल कोरोना भाइरससम्बन्धी भ्याक्सिन तथा औषधिको अनुसन्धान र विकासका लागि खुला रुपमा उपलब्ध गराउने जनाएको छ।

यो समुहले एक बिलयन युआन बराबरको विशेष कोष तयार गरेको छ। कोषबाट स्वास्थ्य सामाग्री तथा औषधि सहायता गरिने छ। त्यस्तै समूहले नै कोरोना भाइरसविरुद्ध अग्रपङ्तिमा रहेर सेवा गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाका लागि ५ लाख युआनको स्वास्थ्य बिमा गरिदिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell