
काठमाडौः प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी सौरभ राणा निलम्बनमा परेका छन्।
गृहमन्त्रालयको विहीबार बसेको बैठकले संघीय प्रहरी इकाई धरानमा कार्यारत एसएसपी राणालाई निलम्बन गर्ने निर्णय गरेको हो। २०४९ सालमा राणा प्रहरी निरिक्षकबाट प्रहरीमा प्रवेश गरेका थिए। 'प्रहरी प्रधान कार्यालयको छानविन अनुसार नै निलम्बन गर्ने निर्णय भएको हो', गृहका प्रवक्ता सह सचिव केदार शर्माले भने।
एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई छानविन गर्ने निर्देशन दिएको थियो। ती महिलाले एसएसपी राणाले आफूलाई लामो समयदेखि यौन शोषण गरेको आरोप लगाएकी छिन्।