PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

फ्राइडे रिलिज: पर्दामा एक नेपाली र एक बलिउड फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिज: पर्दामा एक नेपाली र एक बलिउड फिल्म

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत् एक मात्र नेपाली फिल्म प्रदर्शनमा आयो। फिल्म 'कर्मा'ले सोलो रिलिजको मौका पाएको हो।

देवकुमार श्रेष्ठ निर्देशित फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाहरुको कथा समेट्छ। फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन्। जयराज राय लिखित कथालाई उनी स्वयंले निर्माण गरेका हुन्।

भारतका मोडल तथा कलाकार करण वर्मा र नेपाली कलाकार परमिता राणाको मुख्य अभिनय रहेको फिल्ममा अन्य कलाकारहरु नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धी तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ। ‘दि कर्मा’को पटकथा तथा संवाद सुशील पोखरेलको हो।

त्यस्तै बलिउड तर्फ नेपालका लागि 'जवानी जानेमन' प्रदर्शनमा आएको छ। नितिन कक्कर निर्देशित कमेडी ड्रामामा सैफ अलि खान, तबु र अलाया फर्निचरवालाको मुख्य भूमिका रहेको छ। फिल्ममा सैफ अलायाको बुबाको भूमिकामा देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell