PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

'षट्कोण'को पोस्टरमा रहस्यमयी डोरी!



पहिलोपोस्ट

'षट्कोण'को पोस्टरमा रहस्यमयी डोरी!

काठमाडौं : फिल्म 'षट्कोण'ले युनिटले फेसबुकमार्फत पहिलो पोस्टर सार्वजनिक गरेको थियो। जसमा कलाकार फिचर्ड छैनन्। बरु फिल्मको विषय झल्काउने दृश्य प्रस्तुत गरिएको छ। 

फिल्म घोषणा गर्दा निर्देशक मिलन डि काप्रीले भनेका थिए- फिल्मले मनोवैज्ञानिक कथा भन्छ। रहस्यहरुको गुत्थी खोल्छ। 

पोस्टरमा एक पात्र हिँडिरहेको छ। र, फिल्मको नाम पूरा गर्न डोरीको प्रयोग गरिएको छ। डोरीले आत्महत्याको संकेत गर्छ। फिल्म युनिटले पोस्टरलाई पनि रहस्यमयी बनाएका छन्। त्यो डोरी र पोस्टरमा नदेखिएको पात्रको मनोदशा कतै सम्बन्धित त छैन? 

प्रश्नको जवाफ फिल्म रिलिज पछि मात्र थाहा हुनेछ। फिल्म आउँदो वैशाख १९ गते सार्वजनिक हुने भएको छ। 

फिल्ममा अभिनेता कर्मा शाक्य केन्द्रिय पात्र हुन्। फिल्ममा उनी पत्रकारको भूमिका निर्वाह गर्दैछन्।

शिशिर बनेमको कथा तथा पटकथा रहेको फिल्ममा कर्मासँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया लगायतको अभिनय रहेको छ। महेश दवाडीको संवाद रहेको फिल्मलाई आङछेन लामाले खिचेका हुन्। 

तस्विर: आङछेन लामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell