PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सन्जोग चम्किँदा सरस्वती क्लबमाथि थ्री स्टारको फराकिलो जित



पहिलोपोस्ट

सन्जोग चम्किँदा सरस्वती क्लबमाथि थ्री स्टारको फराकिलो जित
गोल गरेपछि खुसी मनाउँदै थ्री स्टार क्लबका खेलाडी सन्जोग राई (अगाडी)। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको आजको पहिलो खेलमा सरस्वती क्लबमाथि थ्री स्टार क्लबले फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले सरस्वतीमाथि ४-० को फराकिलो जित निकालेको हो।

जितसँगै थ्रीस्टार १७ अंक जोड्दै शीर्ष ४ मा उक्लिएको छ। थ्री स्‍टारको जितमा सन्जोग राईले ३ गोल गर्दा गर्दा लाल रामर्भाले १ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा थ्री स्टारले ४ वटै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४८ औं मिनेटमा रामर्भाले गोल गरेका थिए भने खेलको ५७ औँ, ६० औँ र ७१ औँ मिनेटमा राईले गोल गरेका थिए।

आजै हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफ र मछिन्द्र क्लब भिड्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell