PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कोरोनाको उद्गमविन्दु वुहानका नेपाली नागरिक सुरक्षित



रासस

कोरोनाको उद्गमविन्दु वुहानका नेपाली नागरिक सुरक्षित

काठमाडौं : चीनको विदेश मन्त्रालयले वुहानमा रहेका नेपाली सुरक्षित रहेको बताएको छ। वुहानबाट फैलिएको कोरोना भाइरस थप फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ।

चीनको विदेश मन्त्रालयले वुहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको आज एक विज्ञप्तिमार्फत जनाएको छ। काठमाडौंस्थित चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्यअनुसार घातक कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ।

साथै चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्ने जनाएको छ। नेपाल भ्रमण वर्ष-२०२० का सन्दर्भमा पनि चीन सरकारले परिस्थित नियन्त्रणमा आउने बित्तिकै आफ्ना नागरिकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्ने स्पष्ट गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell