PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'किताब जात्रा'मा सरुभक्तलाई 'प्रेम साहित्य सम्मान'



पहिलोपोस्ट

'किताब जात्रा'मा सरुभक्तलाई 'प्रेम साहित्य सम्मान'

काठामाडौं : यात्रा फाउन्डेसनले 'प्रेम साहित्य सम्मान'को सुरुवात गरेको छ। प्रेमप्रसाद अधिकारीको स्मृतिमा सुरु गरिएको सम्मान यस वर्षका लागि लेखक सरुभक्तलाई प्रदान गरिएको छ। काठमाडौंमा आयोजित 'किताब जात्रा २०२०'मा  उक्त सम्मान गरिएको हो।

५५ हजार ५ सय ५५ नगदसहितको पुरस्कार कलाकार हरिवंश आचार्यले सरुभक्तलाई प्रदान गरे। 

सरुभक्तका उपन्यास, नाटक, मुक्तक लगायत विभिन्न विधाका कृति प्रकाशित छन्। पुरस्कार ग्रहण गर्दै लेखक सरुभक्तले अतिरिक्त मौलिक साहित्य सिर्जना गर्नमा आफू सदैव लागिरहेको बताए।

धेरै ज्ञान, दर्शन, विज्ञानबाट पीडित भएका कारण मानिसले मौलिक चिन्तन गर्न नसकेको उनको कथन छ. 'हामी यही पोखरीभित्र रहने हो भने अतिरिक्त मौलिक साहित्य कसरी सिर्जना गर्न सक्छौँ?’, उनले चिन्ता व्यक्त गरे। 

किताब यात्रा फाउण्डेशनको आयोजनामा भइरहेको एक दिवसीय समारोहको सुरुवात लाखे नाचबाट भएको थियो। उद्घाटनमा दीप प्रज्जवलनसँगै परम्परागत् एवं सांस्कृतिक पर्वहरुमा देखाइने लाखे नाच प्रस्तुत गरिएको हो।

कार्यक्रमलाई हरिवंश आचार्यले सम्बोधन गरेका थिए। उनले भने,'पठन संस्कृतिको विकासका लागि किताब यात्राले उल्लेखनीय भूमिका खेलेको छ। यो साहित्यको सेवा पनि हो। यसरी किताबहरुकै जात्रा गरिनु त झनै सकारात्मक सुरुवात हो।'

उनले घर घरमा खाना डेलिभरी गराउनेहरु जस्तै किताब डेलिभरी गराउनेहरु बारे पनि आम मानिसलाई अझै जानकार गराइनु पर्ने बताए।

किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारीले पठन संस्कृतिको विकाससँगै आम मानिसलाई साहित्यसँग जोड्ने हेतुले नै किताब जात्राको आयोजना गरेको बताए।

तस्विर: रूपेश श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell