PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

थारु नेताको आरोप : खड्गप्रसाद ओली राष्ट्रघाती प्रधानमन्त्री



एम बम

थारु नेताको आरोप : खड्गप्रसाद ओली राष्ट्रघाती प्रधानमन्त्री

कैलाली : विभिन्न १४ बुँदे मागसहित थरुहट/थारुवान् राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत शनिवार धनगढीमा पूर्वघोषित मिति अनुसार पहिचान पक्षधरहरूलाई डाकेर मोर्चाले अन्तर्क्रिया गरेको छ।

उक्त अन्तर्क्रियाका लागि धनगढी आइपुगेका थारु नेता तथा थरुहट/थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रघाती प्रधानमन्त्रीको संज्ञा दिए।

‘खड्गप्रसाद ओली निरंकुशतावादी, असाध्यै जातिवादी, राष्ट्रघाती प्रधानमन्त्री भएकाले हामीले यस पटक उनलाई नभेटेरै आन्दोलनमा होमिएका हौँ’, उनले भने, ‘हामीले अस्ति नेपालको कालो संविधान जलायौँ। फेरी पनि जलाउँछौँ।’

उनले आफूलाई झुटा मुद्दा लगाएर ४२ महिनासम्म जेलमा कोचिएको प्रतिक्रिया दिए। जन्मकैद फैसला भएर कारागारमा रहेका सांसद रेसम चौधरीसहित ११ जनालाई रिहाइ गरी टीकापुर घटनाको मुद्दा फिर्ता लिनुपर्ने उनले बताए।

उनीसहितका १३ जनालाई २०७२ साल भदौ ७ गते टीकारपुरमा थरुहट/थारुवान् आन्दोलनका क्रममा भएको घटनामा दोषी ठहर गर्दै २०७५ साल फाल्गुन २२ गते ३ वर्षको कैद सजाय सुनाइएको थियो। उक्त घटनालाई नरसंहारको संज्ञा दिएर कैलाली जिल्ला अदालतले अन्य ११ जनालाई जन्मकैद र ३ जनालाई सफाई दिएको थियो।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट/थारुवान् आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell