PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

बाह्र दिन लामो अस्पताल बसाइपछि घर फर्किइन् शबाना आज्मी



पहिलोपोस्ट

बाह्र दिन लामो अस्पताल बसाइपछि घर फर्किइन् शबाना आज्मी

बलिउडकी अभिनेत्री शबाना आज्मी बाह्र दिन लामो अस्पताल बसाइपछि घर फर्किएकी छिन्। गत जनवरी १८ मा वरेको गाडी दुर्घटनामा परेर उनी घाइते भएकी थिइन्। मुम्बई–पुणे एक्सप्रेस वेमा उनको कारलाई ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा परेर घाइते भएका शबाना र कार चालक दुबैलाई उपचारका लागि एमजीएम अस्पतालमा उपचार पुर्‍याइएको थियो। त्यहाँबाट आज्मीलाई महाराष्ट्रस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा सारिएको थियो।

शनिबार दिउसो भने शबानाले आफू ठीक भएर घर फर्किएको जानकारी दिइन्। उनले ट्वीटरमार्फत् आफ्ना शुभचिन्तक र उपचारका लागि खटिएका डाक्टरहरुलाई धन्यवाद दिएकी हुन्। लेखेकी छिन्,'सबैको शुभकामनाका लागि धेरै धन्यवाद। म एकदम खुशी र धन्य महसुस गरिरहेकी छु।' 

शबानाले अभिनेत्रीका लागि पाँचवटा राष्ट्रिय अवार्ड जितेकी छिन्। अंकर, अर्थ, खण्डर, पार, गड मदर, भावना, मासुम, अवतार, निर्जा लगायत चर्चित फिल्ममा अभिनय गरेकी उनले चारवटा फिल्म फेयर अवार्ड जितेकी छिन्। सन् २००६ मा फिल्म फेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि पाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell