PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

एपिएफलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा



पहिलोपोस्ट

एपिएफलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा
मछिन्द्र क्लबका खेलाडीहरु। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै मछिन्द्र क्लब अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले एपिएफमाथि २-१ को जित निकालेको हो। मछिन्द्रको जितमा रञ्जित धिमाल र विसाल राईले समान १/१ गोल गरे।

खेलको पहिलो हाफमा भने एपिएफले अग्रता बनाएको थियो। खेलको ४३ औं मिनेटमा रमेश दंगालले नविन लामाले प्रहार गरेको बललाई हेडिङमार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। यद्यपि दोस्रो हाफमा भने एपिएफले अग्रता जोगाइ राख्न सकेन।

खेलको ४८ औं मिनेटमा कर्नरबाट रञ्जित धिमालले प्रहार गरेको बललाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए। फेरी ७३ औं मिनेटमा मछिन्द्रले पेनाल्टीको अवसर पायो। पेनाल्टीमा रञ्जित धिमाल गोल गर्न नसके पनि रिवाउन्ड भएर आएको बललाई प्रहार गर्दै गोल गरे। र यही गोल मछिन्द्रको जितका लागि निर्णायक बन्यो।

जितसँगै मछिन्द्र २२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। मछिन्द्रलाई पछ्याउदै त्रिभुवन आर्मी क्लब २० अंकसहित दोस्रो स्थानमा छ भने मनाङ मर्स्याङदी क्लब १९ अंकसहित तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell