PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बेलायती सिटी बसमा नेपाली फिल्मको पोस्टर



पहिलोपोस्ट

बेलायती सिटी बसमा नेपाली फिल्मको पोस्टर

'जब तिमी गोर्खालीसँग हुन्छौ तब तिमीलाई थाहा हुन्छ त्योभन्दा सुरक्षित ठाउँ अरु कुनै छैन।' – प्रिन्स ह्यारी।

'यदी कसैले भन्छ- मलाई केहीको डर छैन। कि त उसले ढाँट्यो या उ गोर्खाली हो।'- फिल्ड मार्सल साम मानेक्श।

यी दुई भनाइको ठीक माथि मेसिन गन बोकेको बेलायती सेनाको तस्विर। उक्त फोटो र भनाइ बेलायतको डबल टेकर सिटी बसमा देखियो। सन् २०२० मै रिलिज हुने अमेरिकन फ्यान्टासी एड्भेन्चर 'डोलिट्टेल'को पोस्टरसँगै। 

अनि उक्त बसको फोटो फेसबुकमा पोस्ट गर्दै निर्माता तथा निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म 'गोर्खा वारियर'को घोषणा गरे। 

नेपाली तथा अङ्ग्रेजी भाषामा निर्माण हुने फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। लन्डन सिने आइ प्रोडक्सनले निर्माण गर्न लागेको फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ लगायत कलाकारहरुको अभिनय रहनेछ।

निर्देशक मिलन चाम्सले फिल्म २०२१ मा प्रदर्शनमा आउने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell