PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

‘गिरिजाप्रसाद गोल्ड कप फुटबल’को उद्घाटन खेलमा धनुषाद्वारा पर्सा पराजित



राधेश्याम पटेल

‘गिरिजाप्रसाद गोल्ड कप फुटबल’को उद्घाटन खेलमा धनुषाद्वारा पर्सा पराजित

वीरगंज : वीरगंजमा आज देखि शुरु भएको प्रदेशस्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ मा धनुषाले पर्सालाई हराउँदै विजयी शुरूवात गरेको छ। प्रतियोगितामा जिल्ला फुटबल संघ धनुषाले पर्सालाई ट्राइबेकरमा ४-२ को गोल अन्तरले पराजित गरेको हो।

निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए। त्यसपछि ट्राइब्रेकरमा खेल धकेलिएको थियो। पहिलो हाफको २७ औँ मिनेटमा धनुषाका प्रमोद यादवले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा सम्हालिएको पर्साका सुधिर श्रेष्ठले ४४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले पटक-पटक प्रयास गरेपनि गोल गर्न सकेनन्।

गिरिजाप्रसाद फाउन्डेसन वीरगंजले आयोजना गरेको  प्रतियोगितामा आइतवार रौतहट र महोत्तरीबीच खेल हुनेछ। प्रतियोगितामा उपाधि विजेतालाई डेढ लाख र उपविजेतालाई ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजक जिपी कोइराला फुटबल प्रतियोगिता सञ्चालक समितिका अध्यक्ष मोहम्मद शहावुद्दिनले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन शनिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरे। उनले फुटबल खेलको विकासका लागि यस्ता प्रतियोगिता लाभदायक हुने बताए।  करिब २८ लाख ८० हजारको लागतमा जारी प्रतियोगितामा प्रदेश २ का ८ वटा टिम सहभागी छन्। नकआउट फुटबल प्रतियोगिता माघ २५ गते सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell