PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पासपोर्टको साटो आधार कार्ड बोकेका करणलाई रोकिएको थियो दिल्लीमै, काठमाडौं आएपछि लेखे- चिल अवतरण भयो



पहिलोपोस्ट

पासपोर्टको साटो आधार कार्ड बोकेका करणलाई रोकिएको थियो दिल्लीमै, काठमाडौं आएपछि लेखे- चिल अवतरण भयो

सुटिङका लागि बिहीवार नेपालको आउँदै थिए भारतीय कलाकार करणवीर बोहरा। तर, अन्तर्राष्ट्रिय फ्लाइटका क्रममा पासपोर्ट नबोकेको भन्‍दै उनलाई दिल्ली विमानस्थलमै रोकियो।

उनले आफूसँग आधार कार्ड भएर पनि रोकिएको जनाउँदै ट्वीट गरेका थिए। ट्वीटमा उनले भनेका छन्- नेपाल सरकारले पासपोर्ट बीना यात्र गर्न दिँदैन भने मलाई किन दिल्ली आउँदा मुम्बई विमानस्थलमा किन रोकिएन? 

ट्वीटको जवाफमा एयर इन्डियाको आधिकारिक ट्वीटरबाट लिंक दिइएको छ। एयर इन्डियाको भारतबाट नेपाल उडानका लागि आवश्यक कागजपत्र बारे जानकारी लिने सुझावसहित। 

सोही ट्वीटमा कनकमणी दिक्षितले पनि उनलाई मुम्बईदेखि दिल्ली र दिल्लीदेखि नेपाल यात्राबीचको फरक छुट्याउन आग्रह गरेका छन्। लेखेका छन्,'दिल्लीदेखि नेपालको यात्रा अन्तर्राष्ट्रिय उडान हो। जसमा आधार कार्ड मान्‍य हुँदैन।' 

रोयल फिरोज नामक प्रयोगकर्ताले करणलाई व्यङ्ग्य गर्दै लेखेका छन्,'नेपाल भारतको भाग होइन। नेपाल एक स्वतन्त्र देश हो भाइ याद राख। यस्तो यात्रामा पासपोर्ट बोक्न आवश्यक हुन्छ।'

सुटिङका लागि नेपाल आउन लागेका करणको यात्रा त रोकियो नै ट्वीटका कारण केही ट्वीटर प्रयोगकर्ता बीच मजाक समेत बने।

हवाइ यात्राका क्रममा आधार कार्ड मान्य नहुने नियम बारे जानकार नरहनुले उनी गसिपको विषय समेत बने।

शुक्रवार भने उनी नेपाल आइपुगे। काठमाडौंको त्रिभुवन विमानस्थल परिसरमा कैद गरिएको फोटो ट्वीट गर्दै लेखे- 'चिलले अवतरण गरेको छ।' 

करणवीर जी फाइभको नयाँ प्रोजेक्ट 'द क्यासिनो' छायांकनका लागि नेपाल आएका हुन्। उनको यो पहिलो डिजिटल डेब्यु हुनेछ। उनी सँगै पर्दामा देखिदै छिन्- मन्दाना कारिमीले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell