PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

मिडिया र प्रशासन संघीय सरकारको कब्जामा, प्रदेशलाई बदनाम गरिदैँछ : मुख्यमन्त्री राउत



राधेश्याम पटेल

मिडिया र प्रशासन संघीय सरकारको कब्जामा, प्रदेशलाई बदनाम गरिदैँछ : मुख्यमन्त्री राउत

वीरगंज : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मिडिया र प्रशासन संघीय सरकारको कब्जामा रहेकाले संघीय सरकारको इशारामा प्रदेश २ लाई बदनाम गर्न खोजेको आरोप लगाएका छन्। पर्साको बहुअर्वामा आयोजित पार्टी प्रवेश कार्यालयमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो आरोप लगाएका हुन्।

उनले भने, ‘संघीय सरकारको इशारामा सबै मिडिया र प्रशासन लागि परेका छन्, प्रदेश २ मै सबै भन्दा बढि उजुरी पर्ने गरेको, सबै भन्दा बढि भ्रष्टाचार हुने, विकास निर्माणको काममा ढिलाई हुने गरेको, धेरै काम गर्न नसकेर वजेट फ्रिज हुने जस्ता नकारात्मक कुरा मात्र सञ्चार माध्यममा आउने गर्दा यस्तो अनुभूति भएको छ।’

उनले संघीय सरकारका कारण प्रदेश २ को विकास निर्माणको योजनामा ढिलाई हुने गरेको उनको दावी गरे। संघीय सरकारले आवश्यक परेका कर्मचारी नपठाउँदा हरेक योजना प्रभावित भइरहेको चर्चा गर्दै उनले जबसम्म प्रदेश २ विकसित र समृद्ध हुँदैन तबसम्म समग्र नेपाल समृद्ध नहुने बताए। उनले गाउँघरमा नेकपाका नेता कार्याकर्ताले विपक्षी पार्टीका कार्यकर्तालाई झुटो मुद्दा लगाई फसाउने काम पनि गरिरहेको भन्दै त्यस्ता नेताहरुबाट सचेत रहन जनतालाई अग्रह गरे।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका दर्जनौँ व्यक्ति समाजवादी पार्टीमा प्रवेश गरेका थिए। उनीहरुलाई मुख्यमन्त्री राउतले पार्टी प्रवेश गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell