PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

लेस्टर सिटी र चेल्सी बराबरीमा रोकिए



पहिलोपोस्ट

लेस्टर सिटी र चेल्सी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लेस्टर सिटी र चेल्सीले बराबरी खेलेका छन्। लेस्टरको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी र सिटीले २-२ गोलको बराबरी खेलेका हुन्।

 किङ पावर स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको पहिलो मिनेटमै चेल्सीका एन्टोनियो रोडिगरले गोल गर्दै सुरुवाती अग्रता दिलाए। खेलको ५४ औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए।

 ६४ औं मिनेटमा लेस्टरकै बेन चिवेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, लेस्टरको अग्रता धेरैबेर टिक्न सकेन। खेलको ७१ औं मिनेटमा चेल्सीका एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गरेर नतिजालाई पुनः बराबरी बनाए।

यो बराबरी सँगै लेस्टरको अंकतालिकाको दोस्रो स्थानमा रहेको मेन्चेस्टर सिटीसँग अंक बराबरी गर्ने अवसर गुमाउन पुग्यो। तेस्रो स्थानको लेस्टरको ४९ अंक हुँदा दोस्रो स्थानको म्यान्चेसटर सिटीको ५१ अंक छ। त्यस्तै, चौथो स्थानको चेल्सीको अंक तलिकामा ४१ अंक छ। शीर्ष स्थानको लिभरपुलको भने ७० अंक रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell