PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रहरले होइन, मधेसको परिस्थितिले राजनीतिमा आएको हुँ : डा सिके राउत



रासस

रहरले होइन, मधेसको परिस्थितिले राजनीतिमा आएको हुँ : डा सिके राउत
फाइल फोटो।

लहान : जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफू परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा सक्रिय भएको बताएका छन्।

सो पार्टीले आज सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको आमसभामा अध्यक्ष डा राउतले भने, ‘कुनै रहरले राजनीतिमा आएको होइन, मधेसको परिस्थितिका कारण आएको हुँ।’

मधेसीका समस्याहरु अहिले पनि ‘ज्यूँको त्यूँ’ रहेकाले राजनीति बिना विकास र मधेसको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा प्रवेश गरेको डा राउतको भनाइ थियो। समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको गठन गरिएको उनले बताए।

मधेस आन्दोलनको नाममा ५४ जनालाई शहीद गराएर आफूलाई मधेश केन्द्रीत दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोपसमेत उनले लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell