PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

तराईका हलमा भोजपुरी फिल्म ‘मधेशी बाबु’ प्रदर्शनमा



राधेश्याम पटेल

तराईका हलमा भोजपुरी फिल्म ‘मधेशी बाबु’ प्रदर्शनमा

वीरगंज : भोजपुरी फिल्म ‘मधेशी बाबु’ तराईका जिल्लाहरुमा प्रदर्शन शुरु भएको छ। शुक्रवारदेखि पर्सा र बाराका सिनेमाहलमा फिल्म प्रदर्शन भइरहेको छ। सोमवारदेखि तराईका थप १० वटा सिनेमाहल सो फिल्म प्रदर्शन हुनेछ।

वीरगंजको श्रीराम, बजरंग, बाराको कलैयास्थित गुप्ता हल, जीतपुरस्थित शिवपार्वती गरी ४ वटा हलमा फिल्म लागेको फिल्म निर्माण टोलीले जनाएको छ। सोमवारदेखि गौर, राजविराज, विराटनगर, लहानलगायतका १० शहरमा फिल्म प्रदर्शन हुने तय भइसकेको फिल्मका निर्देशक रमण बस्नेतले बताए।

नेपालमा प्रदर्शन सकेपछि भारतमा पनि फिल्म प्रदर्शन गर्ने तयारी रहेको बताइएको छ। अहिले फिल्म तीन वटै शोमा चल्दैछ। भारतबाट बन्ने चर्चित स्टारको भोजपुरी फिल्म हाल ३ हप्ता सम्म रिलिज गर्ने कार्यक्रम नरहेकोले ‘मधेशी बाबु’ले अझै राम्रै कमाई गर्ने विश्लेषण गरिएको छ। निर्देशक रमण बस्नेतका अनुसार भारतको डिस्ट्रिब्युटरबाट पनि फिल्म प्रदर्शनको लागि अफर आएको र अर्को साता मुम्बई गएर भारतमा फिल्म प्रदर्शनको डेट पक्का गर्ने तयारी छ।

उक्त फिल्मले सामाजिक तथा पारिवारिक कथा बोकेको छ। ५० लाखको लागतमा निर्माण भएको फिल्मका निर्माता शिवजी प्रसाद कुर्मी, वीरगंजका अभिनेता जीतु जितेन्द्र, कलाकार सुनिल पंडित, घनश्याम गिरी, राम यादव, अजय पटेल, पुष्पा पाण्डे, मुखलाल प्रसादलगायतले अभिनय गरेका छन्। फिल्ममा भारतीय कलाकारहरु नारायण प्रसाद चुनु पाण्डे, राजबीर, नायिका श्वेता शर्मा, सीमा सरगंमलगायतको अभिनय रहेको छ।

फिल्ममा राजेश केशरी एवं शिव मनमोहीको संगीत रहेको छ भने वीरगंजका लेखक सरेश कुशवाहाले गीत लेखेका छन्। फिल्मको द्वण्द्व निर्देशक रेवन्त थापा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell