
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले साउथह्याम्टनमाथि फरारकिलो जित निकालेको छ। घरेलु टोली लिभरपुलले साउथह्याम्टनलाई ४-० को फराकिलो अन्तरले हराएको हो।
लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गर्दा अक्सलेड चेम्बरलेन र हेन्डरसनले १/१ गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलले सबै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४७ औं मिनेटमा चेम्बरलेनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ६० औं मिनेटमा हेन्डरसनले गोल गर्दा लिभरपुलले २ गोलको अग्रत लियो। त्यस्तै खेलको ७१ औं र ९० औं मिनेटमा सलाहले गोल गर्दा लिभरपुलले खेल ४-० ले आफ्नो पक्षमा पार्यो।
जितसँगै लिभरपुलले लिगमामा २२ अंकको अग्रता बनाएको छ। जारीसिजन अपराजित लिभरपुलको ७३ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ४९ अंक छ। लिभरपुल प्रिमियर लिगका पछिल्ला ४२ खेलमा अपराजित छ।