PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

एथ्लेटिको मड्रिडमाथि रियलको संघर्षपूर्ण जित



पहिलोपोस्ट

एथ्लेटिको मड्रिडमाथि रियलको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडमाथि संघर्षपूर्ण जित निकालेको छ।

घरेलु मैदानमा भएको खेलमा रियलले एट्लेटिकोमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। बर्नबेउ स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा करिम बेन्जेमाको गोलमा रियलले अग्रता लिएको थियो। उनले खेलको ५६ औं मिनेटमा फरल्यान्ड मेन्डिको पासमा गोल गरेका थिए। बेञ्जेमाको गोलपछि दुवैतर्फबाट अर्को गोल नहुँदा उनको गोल नै रियलको जितमा निर्णायक बन्यो।

जितसँगै शीर्षस्थानको रियल मड्रिडले दोस्रोस्थानको बार्सिलोनासँगको अंकदुरी बढाएको छ। रियलले ४९ अंक जोडेर शीर्ष स्थानमा छ भने बार्सिलोना ४३ अंकका साथ दोस्रो स्थानमा र सेभिया ३८ अंकका साथ तेस्रो स्थानमा छ। शीर्ष ६ को प्रतिस्पर्धामा रहेको एट्लेटिको मड्रिड ३६ अंकका साथ छैटौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell