
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्नेछ। अघिल्लो खेलमा अंकतालिकामा पुछारमा रहेको सरस्वती युथ क्लबसँग अप्रत्यासित पराजय भोगेको हिमालयन शेर्पा तालिकाको १२ औं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके शेर्पा क्लब तालिकाको दशौं स्थानमा उक्लन सक्छ।
अर्कोतर्फ तालिकाको आठौं स्थानमा रहेको संकटा क्लबको १२ अंक छ। आजको खेलमा जित निकाले तालिकाको शीर्ष ५ मा अटाउन सक्ने सम्भावना रहन्छ।
आजै हुने दोस्रो खेलमा उपाधि होडमा रहेको त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। अंकतालिकाको १४ अंक जोड्दै नेपाल पुलिस छैठौ स्थानमा छ। आजको खेलमा जित निकाल्दै पुलिस तालिकाको शीर्ष ४ मा उक्लने लक्ष्यमा हुनेछ।
अर्कोतर्फ अंकतालिकाको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २० अंक छ। आज जित निकाले २३ अंक हुनेछ। शीर्षस्थानमा रहेको मछिन्द्रको २२ अंक छ। शीर्ष स्थान जोगाउनका लागि आजको खेलमा बराबरी पनि आर्मीका लागि अपर्याप्त हुनेछ।