PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

केन्द्रीय कमिटी समापनअघि बालुवाटारमा नेकपा सचिवालय बैठक



पहिलोपोस्ट

केन्द्रीय कमिटी समापनअघि बालुवाटारमा नेकपा सचिवालय बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बुधवारदेखि जारी केन्द्रीय कमिटीको समापन बैठकअघि सचिवालय बसेको हो।

बालुवाटरमा सचिवालय बैठक बसिरेहको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सचिवालयअघि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्न र सुझावहरुका विषयमा छलफल हुने बताइएको छ।

बुधवारदेखि जारी बैठकको समापनमा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले आफूहरुले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन तथा संगठनात्मक प्रतिवेदनमाथि कन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्। समापन बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने थापाले जानकारी दिए। बैठकको उद्घाटन गरेका ओली त्यसपछिको बैठकमा सहभागी थिएनन्। ओलीले बैठकमा आफ्नो धारणा राख्नेछन्।

केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि बिहीवार १५ टोलीमा विभक्त भएर छलफल गरेका थिए। शुक्रवार र शनिवार टोली नेताहरुले छलफलको सार प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell