PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

हिमालयन शेर्पा क्लबमाथि संकटाको संघर्षपूर्ण जित



पहिलोपोस्ट

हिमालयन शेर्पा क्लबमाथि संकटाको संघर्षपूर्ण जित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले १-० गोलअन्तरले जित निकालेको हो। खेलको २१ औं मिनेटमा संकटाका अजय मार्टिन्सले गरेको गोल संकटाको जितमा निर्णायक बन्यो। क्षितिज राजको पासमा मार्टिन्सले हेडिङमार्फत उत्कृष्ट गोल गरेका थिए।

जितसँगै १५ अंक जोडेको संकटा क्लब अंकतालिकाको शीर्ष ६ मा उक्लिएको छ।शेर्पा क्लब तालिकाको १२ औं स्थानमा छ।

आजै हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell