PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पद्मश्रीबाट पुरस्कृत लीलबहादुर क्षेत्रीलाई गुवाहाटीमा सम्मान



पहिलोपोस्ट

पद्मश्रीबाट पुरस्कृत लीलबहादुर क्षेत्रीलाई गुवाहाटीमा सम्मान

काठमाडौं: भारत सरकारले प्रदान गर्ने प्रतिष्ठित पद्मश्री पुरस्कृत साहित्यकार प्राध्यापक लीलबहादुर क्षेत्रीलाई सम्मान गरिएको छ। शुक्रबार गुवाहाटीको दीघली पोखरीस्थित विष्णु निर्मला भवनमा कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरिएको हो।

असम नेपाली साहित्य सभा र काम्रुक जिल्ला समितिले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो।

सम्मान ग्रहण गर्दै लीलबहादुर क्षेत्रीले पद्मश्री पुरस्कारका लागि चयन हुनुले आफू धेरै उत्साहित नभएको बताए। कारण प्रष्ट्याउँदै भने,'मैले केही गरेकै छैन यो त सबै तपाईंहरुको माया हो।'

सम्मान कार्यक्रममा दुईसय मानिसको सहभागिता रहेको थियो। आयोजकसहित अखिलसेन गोर्खा छात्र संघ, भारतीय गोर्खा परिसंघ, महिला जागृती मञ्च, अस नेपाली सभा मरिगाउँ जिल्ला समिति, नेपाली प्रकाशन परिषद् लगायतका संस्थाहरुले पनि क्षेत्रीलाई विभिन्न मायाको चिनो दिएर सम्मान व्यक्त गरेका थिए।

असममा पहिलोपटक नेपाली भाषी साहित्यकार पद्मश्रीबाट सम्मानित भएका हुन्।

क्षेत्रीको उपन्यास 'बसाइँ' बहुचर्चित छ। २०१४ सालमा प्रकाशित उक्त उपन्यास नेपाली पाठ्यक्रममा समेत समावेश छ। उपन्यासले तात्कालीन नेपाली समाजको जर्जर वर्गीय द्वन्द्व र आर्थिक अभावले निम्त्याएको संकटलाई चित्रण गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell