PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



रासस

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

धम्बोझी : बर्दिया राजापुर नगरपालिका-१० भगतपुर बस्ने एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। ८८ नम्बर पिलरको सीमा जंगलमा खर काटी फर्केने क्रममा जंगली हात्तीको आक्रमणमा परी नेपालको दश गजाभित्र ४९ वर्षीय लक्ष्मीप्रसाद थारुको मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट सोही स्थान निवासी २९ वर्षीया उमा चौधरी घाइते भएकी छिन्। घाइते उमालाई उपचारका लागि नेपालगञ्ज पठाइएको राजापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell