PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

विदेशी पुस्तकमा भन्सार लगाउने निर्णयको विरोध : ' डियर कमरेड, किताब पढ्न जेल नै जानुपर्ने हो त ?'

विदेशी पुस्तकमा भन्सार लगाउने निर्णयको विरोध : ' डियर कमरेड, किताब पढ्न जेल नै जानुपर्ने हो त ?'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तक आयातमा भन्सार लगाउने घोषणा गरिसकेको छ। सबै प्रकारका आयातित पुस्तकमा १० प्रतिशत भन्सार लगाउने सरकारी निर्णयको विरोध शुरुदेखि नै हुँदै आएको छ।

प्रकाशक, लेखक र पाठकहरुले नै सरकारको यो कदमले पठन संस्कृति कमजोर हुँदै जाने भन्दै विरोध गर्दै आएका छन्।

केही पुस्तक विक्रेताहरुले विदेशबाट पुस्तक आयात गर्न बन्द गर्ने घोषणा समेत गरिसकेका छन्।

यसैबीच सरकारको निर्णय विरुद्ध आइतवार माइतीघर मण्डलमा मौन प्रदर्शन गरियो। शान्तिपूर्ण विरोधमा उत्रेका विद्यार्थीहरुले सरकारले ज्ञानमाथि कर लगाउने प्रयास गरेको आरोप लगाएका थिए। उनीहरुले सरकारलाई पुस्तकमाथि लगाएको भन्सार फिर्ता लिन माग समेत गरेका छन्।

विद्यार्थीहरुले 'किताबमा लगाएको कर फिर्ता गर',' डियर कमरेड, एक ट्रक किताब पढ्न जेल नै जानुपर्ने हो त ?','सार्वजनिक पुस्तकालयको व्यवस्था गर' लगायत नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell