PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

१७ वर्षे ठिटोको दोहोरो गोलमा बार्सिलोनाको जित



पहिलोपोस्ट

१७ वर्षे ठिटोको दोहोरो गोलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा अंशु फाटीको दोहोरो गोलमा बार्सिलोनाले लेभान्टेमाथि २-१ को जित निकालेको हो।

फाटीले १ मिनेटको अन्तरमै २ गोल गरेका थिए। उनले खेलको ३० औं र ३१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले दुवै गोल कप्तान लियोनेल मेस्सीको पासमा गरेका थिए। पहिलो हाफमा बार्सिलोना २ गोलले अगाडि रह्यो। खेलको अन्तिमसमयमा लेभान्टेका रुबेन रुचेनाले गोल फर्काए पनि लेभान्टेलाई खेलमा फर्कन त्यो पर्याप्त भएन।

जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियलसँग अंकदुरी घटाएको छ। जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाको ४६ अंक भएको छ। लिग लिडर रियल मड्रिडको ४९ अंक छ। अर्कोतर्फ तेस्रो र चौथो स्थानमा रहेका गेटाफे र सेभियाको समान ३९ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell