PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

शहीद स्मारक लिगमा आज दुई खेल : मनाङको दाउ शीर्ष दुईमा



पहिलोपोस्ट

शहीद स्मारक लिगमा आज दुई खेल : मनाङको दाउ शीर्ष दुईमा

काठमाडौं: शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा १२ बजे शुरु हुने खेलमा ८ औं स्थानको जावलाखेल र ११ औं स्थानको ब्रिगेड ब्वाइज आफ्नो स्थान सुधार गर्ने लक्ष्यका साथ उत्रने छन्।

आजको खेलमा जित निकालेको खण्डमा जावलाखेल अंकतालिकाको शीर्ष ६ मा प्रवेश गर्ने सम्भावना रहन्छ भने ब्रिगेड ब्वाइज नवौं स्थानसम्म पुग्ने सम्भावना रहन्छ।

त्यस्तै आजै हुने दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङदी क्लबले च्यासल युथ क्लबको सामना गर्दैछ। १९ अंकसहित शीर्ष ३ मा रहेको मनाङको दाउ स्पट ३ अंक हात पारेर दोस्रो स्थानको मछिन्द्र क्लबसँग अंक बराबरी गर्ने हो। मछिन्द्रको २२ अंक छ। त्यस्तै शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २३ अंक छ।

अर्कोतर्फ १० औं स्थानको च्यासल युथ क्लब आठौं स्थानमा पुग्न चाहन्छ। आजको खेलमा पराजित भएको खण्डमा च्यासललाई रेलिगेसन जोनको नजिक पुग्न सक्छ। दोस्रो खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell