PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

घुस लिँदैगर्दा यातयात व्यवस्था कार्यालय सानो भर्‍याङ्का अधिकृत पौडेल अख्तियारको फन्दामा



पहिलोपोस्ट

घुस लिँदैगर्दा यातयात व्यवस्था कार्यालय सानो भर्‍याङ्का अधिकृत पौडेल अख्तियारको फन्दामा

काठमाडौ: यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङ स्वयम्भूमा कार्यरत अधिकृत (छैठौ तह) शिवलाल पौडेल  घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार अधिकृत पौडेललाई सेवाग्राही दीपक खतिवडाले सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि तेह्र हजार रुपैयाँ घुस दिइरहेको अवस्थामा नियन्त्रणा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

आयोगले घुस दिने दीपक खतिवडालाई पनि नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell