PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

फिल्म 'बुलबुल'ले फ्रान्समा जित्यो 'पब्लिक च्वाइस अवार्ड'



पहिलोपोस्ट

फिल्म 'बुलबुल'ले फ्रान्समा जित्यो 'पब्लिक च्वाइस अवार्ड'

फिल्म 'बुलबुल'ले पब्लिक च्वाइस अवार्ड जितेको छ। फ्रान्समा आयोजित साउथ एसियन फिल्म फेस्टिबलमा बुलबुलले पब्लिक च्वाइस अवार्ड जितेको हो।

फिल्म निर्देशक विनोद पौडेलले आइतबार साँझ घोषणा भएको कार्यक्रममा फिल्मले अवार्ड पाएको जानकारी दिए। ५ दिन लामो फेस्टिभलमा बुलबुलका निर्देशक पौडेल र अभिनेत्री स्वस्तिमा खड्का सहभागी थिए।

दक्षिण एसियाली फिल्मका बीच भएको प्रतिस्पर्धामा भारतकै 'टेकिङ दि हर्सेज टु इट जलेबीज'की निर्देशक अनामिका हसकरले स्टुडेन्ट जुरी अवार्ड र भारतकै 'मोथोन दि गितु' मोहनदासले जुरी अवार्ड हात पारेका थिए।

‘पुरुष फिल्ममेकरले महिलाको मनोविज्ञान कति मज्जाले उतारेको भनेर दर्शकले तारिफ गरे। स्वस्तिमाको अभिनय र फिल्मको अन्त्य देखेर पनि उनीहरु प्रभावित भएका थिए। नेपालमा पनि राम्रा फिल्म बन्दा रहेछन्। अब खोजी खोजी हेरिन्छ भन्ने पनि उनीहरुको प्रतिक्रिया थियो’, फ्रान्समा रहेका निर्देशक पौडेलले भने। 

बुलबुलले यसअघि नेपालकै दुई राष्ट्रिय अवार्ड पाएको थियो। नेपालको राष्ट्रिय अवार्डमा अभिनेत्री र निर्देशन विधामा पुरस्कार जितेको फिल्मबाट स्वस्तिमा खड्काले सार्कमा जुरी अवार्ड हात पारेकी थिइन् ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell