PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोफसलदेखि भारतसम्म 'महाभोज' यात्रा



पहिलोपोस्ट

मोफसलदेखि भारतसम्म 'महाभोज' यात्रा

काठमाडौं : गत भदौमा काठमाडौंस्थति मण्डला नाटकघरमा मञ्चन भएको थियो नाटक 'महाभोज'। समीक्षात्मक रुपमा सफल मानिएको नाटक 'भारत रंग महोत्सव २०२०'मा मञ्चन हुने भएको छ।

दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने भारत रंग महोत्सवको २१ औं संस्करणका लागि यो वर्ष कूल आठ सय छैसठ्ठी नाटकले आवेदन दिएका थिए। दुई चरणको छनौट प्रक्रियापछि जम्मा ६६ वटा नाटक महोत्सवका लागि छानिएको आयोजकले जनाएको छ। तीमध्ये एक नाटक 'महाभोज' हो।

जनतालाई भोट बाहेक केही नदेख्ने राजनीतिकर्मी र बाचुन्जेल उत्पिडनमा पारिएकाहरुको कथा देखाएको छ नाटक ‘महाभोज’ले। गरिब जनताको लासमाथि हुने राजनीतिमा केन्द्रित छ यो नाटक।

मण्डला थिएटरको प्रस्तुति रहेको नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन्। हिन्दी साहित्यकार मन्नु भण्डारीको उपन्यासलाई नेपाली भाषामा नाट्य रुपान्तरण विप्लव प्रतीकले गरेका हुन्।

नाटक माघ २६ गते नयाँ दिल्लीमा र माघ २८ गते देहरादूनमा मञ्चन गरिने कार्यक्रम रहेको छ।

त्यसअघि नाटकको जम्बो टोलीले विराटनगरमा नाटक देखाउने छ। 

आरोहण गुरुकुल बिराटनगरको शुसिला कोइराला नाटकघरमा आगामी माघ २२ र २३ गते नाटक महाभोजको मञ्चन गरिने भएको हो। प्रदेश

सरकार, प्रदेश नं. १ को सहयोगमा गर्न लागिएको नाटक मञ्चनका लागि मण्डला थिएटर नेपालले आरोहण गुरुकुल, बिराटनगर र लेट्स इन्टरटेनमेन्टले सहकार्य गर्दैछ।

यस नाट्य यात्राका लागि सोमबार ३५ सदस्यीय टोली काठमाडौंबाट निस्कदै छन्।

नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईँ, दयाहाङ राई, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, प्रदीपकुमार चौधरी, विजय बराल, मिलन कार्की, आर्जेश रेग्मी, सागर दाहाल, प्रमिला खनाल, सोमनाथ खनाल, सन्दिप श्रेष्ठ, रिजन परियार लगायत कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell