
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबमाथि जावलाखेल युथ क्लबले संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा जावलाखेलले १-० को संघर्षपूर्ण जित निकालेको हो।
प्रतिस्पर्धात्मक खेलको ३२ औं मिनेटमा सुजित बुढाथोकीले गरेको गोल नै जावलाखेलको जितमा निर्णायक बन्यो। जितसँगै जावलाखेल अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ। जावलाखेलले १० खेलमा ४ जित ३ बराबरी र ३ हार ब्यहोर्दै १५ अंक जोडेको छ। समान १५ अंक नै जोडेको न्यु रोड टिम (एनआरटी) गोल अन्तरका आधारमा छैठौँ स्थानमा छ।
आजै हुने दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङदी क्लबले च्यासल युथ क्लबको सामना गर्दैछ।