PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

‘बाइक’ किन्ने पैसा नहुँदा टेम्पो चढ्थे दीपकराज गिरी



पहिलोपोस्ट

‘बाइक’ किन्ने पैसा नहुँदा टेम्पो चढ्थे दीपकराज गिरी
हाँस्य कलाकार दीपकराज गिरी र अभिनेता विपिन कार्की। फोटो : प्रदीप कार्की।

काठमाडौं : फिल्म ‘सेल्फी किङ’को रिलिज डेट नजिकिएसँगै निर्माण टिम प्रचार प्रसारमा व्यस्त छन्। फिल्ममा मुख्य अभिनेता विपिन कार्की ‘सेल्फी किङ’को भूमिकामा प्रस्तुत भएका छन्।

यसैबीच एउटा कलाकारको जीवनमा आइपर्ने समस्या र भोगाइबारे दीपकराज गिरीले आफ्नो अनुभव साटेका छन्। फिल्ममा ‘सेल्फी किङ’ले महसुस गरेको पीडा ‘रियल लाइफ’मा आफूले पनि भोग्नु परेको दीपकले बताएका छन्। विषेश त उनले सार्वजनिक यातायातमा कलाकारको यात्रा र यात्राको क्रममा भोग्नु परेको पिडाको बारेमा बोलेका छन्।

‘यो फिल्मको बारेमा सुन्दा नै फिल्ममा समाबेस केहि घटनाहरु मसँग पनि घटेको जस्तो लाग्छ’, उनले भने, ‘जस्तै बस चढ्ने। ट्वाक्क टुक्क मार्फत हिट त भए तर आर्थिक रुपमा सबल नहुँदा बस नै चढ्ने बाध्यता थियो।’

‘ट्वाक्क टुक्क’बाट हिट भएपछि दीपक टेम्पो चढ्न थाले।

उनी भन्छन्, ‘दर्शकहरुले चिन्न थालेपछि टेम्पो चढ्न थालेँ। एकपटक मेरो भाइको दुर्घटना हुँदा म हस्पिटलमा थिए। डाक्टरले भने अनुसार औषधि लिन पसल पुगेँ। त्यहाँ एक जनाले चिनेर ठट्यौली शैलीमा कुरा गरे र सेलेब्रेटी भएर पनि बाइक किन नचढेको भनेर प्रश्न खडा गरे। त्यति बेला बाइक किन्ने पैसा थिएन। मेरो मनको पीडा मसँगै थियो। मन भित्रको पिडा दबाएर मुस्कुराएँ।’

उनी थप्छन्, ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या’छ। ट्रेलरले केहि कुरा रिलेट गरेका छन् भने फिल्मले पक्कै हाम्रो कथालाई भनेको छ।’

विशाल सापकोटा निर्देशित यस फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहको छ। 

‘सेल्फी किङ’ माघ २४ बाट रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell