PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

निलम्बित एसएसपीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति



पहिलोपोस्ट

निलम्बित एसएसपीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : निलम्बित प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार जिल्ला अदालत सुनसरीले एसएसपी राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 'आइतवारदेखि गणना हुने गरि पाँच दिनको म्याद थप भएको हो', जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले भने।

गृहमन्त्रालयको बिहीवार बसेको बैठकले संघीय प्रहरी इकाई धरानमा कार्यारत एसएसपी राणालाई निलम्बन गर्ने निर्णय गरेको थियो। निलम्बन भएपछि उनी आइतवार जिल्ला अदालतमामा आत्मसमर्पण गरेका थिए।

२०४९ सालमा राणा प्रहरी निरिक्षकबाट प्रहरीमा प्रवेश गरेका थिए। एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई छानविन गर्ने निर्देशन दिएको थियो। ती महिलाले एसएसपी राणाले आफूलाई लामो समयदेखि यौन शोषण गरेको आरोप लगाएकी छिन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell