PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

वडा अध्यक्ष मृत अवस्थामा फेला



एम बम

वडा अध्यक्ष मृत अवस्थामा फेला

धनगढी : अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मृत फेला परेका छन्। वडा अध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

मंगलवार बिहान सोही वडाको गैरीगाउँ भन्ने ठाउँमा मृत अबस्थामा भेटिएको खबर आएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी दीपक भारतीले जानकारी दिए।

‘हामीले मृत अवस्थामा फेला पारेका हौं। थप अनुसन्धान भइरहेको छ,’ डिएसपी भारतीले भने।

मृत्युको कारण भने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell