PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

आइसिसी वर्ल्डकप लिग-२ : उद्घाटन खेलमा नेपालले ओमनसँग खेल्ने



रासस

आइसिसी वर्ल्डकप लिग-२ : उद्घाटन खेलमा नेपालले ओमनसँग खेल्ने
फाइल फोटो।

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको उद्घाटन गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन्। नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानम उत्रनेछ।

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन्। जसमा कूल ६ खेल हुनेछन्। हरेक टोलीले समान दुई-दुई खेल खेल्नेछन्। नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ मा खेल्नेछ। त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ।

त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्। अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ। आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जित निकाल्दै १२ अंक हात पारेको छ। त्यस्तै स्कटल्यान्डले नौ अंक जोड्दै दोस्रो स्थानमा छ भने आठ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ।

समान आठ अंक नै जोडेको ओमन तालिकाको चौँथो स्थानमा छ भने सात अंक रहेको युएई पाँचौ र अंकविहीन रहेको पपुवा न्युगिनी छैटौँ स्थानमा छ। नेपालले भने पहिलो खेल खेल्न लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell