PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राष्ट्रपति र प्रधानमन्त्री गुहार्दै अनिल सिंहले भने 'मेरो जीवन खतरामा छ, २४ घन्टाभित्र आत्मसमर्पण गर्न चाहन्छु'



मन्दिरा खत्री

राष्ट्रपति र प्रधानमन्त्री गुहार्दै अनिल सिंहले भने 'मेरो जीवन खतरामा छ, २४ घन्टाभित्र आत्मसमर्पण गर्न चाहन्छु'
फाइल फोटो

काठमाडौं : गायक अनिल सिंहले आफ्नो जीवन खतरामा रहेको भन्दै आत्मसमर्पण गर्न चाहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो जीवन खतरामा रहेकोले सिरियस नोट लेखेको उल्लेख गरेका छन्।

'सिरियस नोट - माइ लाइफ इज इन डेन्जर' लेखेका उनले शृंखलाबद्ध स्टाटस राख्दै भनेका छन्, 'अबको २४ घन्टा भित्रमा म आत्मसमर्पण गर्न चाहन्छु। मैले गरेको अपराध विवरण अनि अडियो प्रमाणसहित आत्मसमर्पण गर्न चाहन्छु। नेपाल सरकार, सम्मानित अदालतको कानून बमोजिम कडाभन्दा कडा सजायको लागि अपिल गर्दै प्रस्तुत भएको छु।'

उनले आफ्नो मुद्दामा राष्ट्रपति, प्रधानमन्त्री र सांसद कोमल वलीकोसमेत ध्यानाकर्षण गरेका छन्। लेखेका छन्, 'अबको मेरो लडाईंले अलिकति राजनैतिक लिन सक्ने हुँदा आदरणीय सम्मानित राष्ट्र्पतिज्यु एवं सम्मनित प्रधानमन्त्री ज्यु साथै संगीत श्रष्टा पुजनीय आदरणीय सम्मानित सांसद कोमल वोलीज्युमा हार्दिक निवेदन गर्न चाहन्छु। हजुरहरुको बिशेष ध्यान आकर्षण गराउन चाहान्छु। मेरो अपराधको दण्ड सजाय नेपाल सरकारको कानुन र नेपाली जनताले तय गरे अनुरुपको सजाय पाउनु पर्ने मेरो पहिलो अपिल निवेदन छ।'

के हो अनिलको अपराध?

उनले आफूलाई तुच्छ कलाकारको संज्ञा दिँदै अन्जानमा नक्कली भन्दै म्युजिक डटकमका राजेश वन्सलसँग भएको सक्कली सम्झौतापत्र च्याति दिएको उल्लेख गरेका छन्।

'मैले अन्जानमा (दुप्लिकेट) नकल भनेर राजेश बन्सलसँग भएको (ओर्जिनल) सकल सम्झैता पत्र च्याति दिए,' उनले लेखेका छन्, 'मेरो उद्देश्य म्युजिक नेपालको बन्द कोठामा मेरो पुजनीय आदर्णीय श्री शुभ बाहादुर ज्यु, श्री सन्तोष शर्मा ज्यु, श्री अनिल स्थापित ज्यु स्वयम म्युजिक डट कमका सन्चालक श्री राजेश बन्सलज्युको सामु मौखिक रुपमा सम्झौता भङ्ग, रद्द गर्नु थियो।'

मेघाहर्ज एल्बमको सम्झौतापत्र च्यात्नु नै आफ्नो अपराध रहेको र आत्म समर्पण गर्न तयार रहेको उनले उल्लेख गरेका छन्।

उनी थप्दै लेख्छन् 'हालको लागि सकल पत्र सम्झी च्यात्छु भन्दै च्यातेको साँचिकैको सकल सम्झौता पत्र च्याती नस्ट गरिदिएको हुँदा खुशीको साथ रद सफल भएको करार गर्दछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell