PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

नेपाल भर्सेस ओमन : सुशन भारीले एकै ओभरमा लिए दुई विकेट



पहिलोपोस्ट

नेपाल भर्सेस ओमन : सुशन भारीले एकै ओभरमा लिए दुई विकेट
फाइल फोटो

काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको नेपाल र ओमनबीच अहिले खेल भइरहेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ।

होम ग्राउन्डिमा नेपालले पहिलोपटक एक दिवसीय क्रिकेट खेलिरहेको छ।

१९ ओभरको समाप्तिमा ओमनले ५ विकेट गुमाएर ५७ रन जोडेको छ। पहिलो ओभरको अन्तिम बलमा नेपालका करण केसीले ओमनका जतिन्दर सिहंको विकेट लिएका थिए। यस्तै केसीले ६.४ ओभरमा खवर अलीको विकेट लिए।

यस्तै अभिनाश बोहराले नेपाललाई तेस्रो सफलता दिलाए।

चौथो र पाँचौ विकेट सुशन भारीले दिलाए। भारीले १८ औँ ओभरमा दुई विकेट लिए। उनले ओमनका कप्तान जिशन मक्सुद (२०) र सुरज कुमारलाई शून्यमै आउट गरे।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell