PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

आइसिसी वर्ल्डकप लिग-२ : करण चम्किँदा ओमनले नेपाललाई दियो १९८ रनको मध्यम लक्ष्य



पहिलोपोस्ट

आइसिसी वर्ल्डकप लिग-२ : करण चम्किँदा ओमनले नेपाललाई दियो १९८ रनको मध्यम लक्ष्य
फोटो : क्यान।

काठमाडौं : कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी आइसिसी वर्ल्डकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ओमनले नेपालसमक्ष १९८ रनको विजय लक्ष्य पेश गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको ओमनका लागि मोहम्मद नदिमले अर्धशतकीय पारी खेल्दै अभिजित ६७ रन बनाउँदा सन्दीप गौडले ३३ रन बनाए। त्यस्तै जेसन मक्सुदले २० रन बनाउँदा अक्विब इल्यासले १६ रन बनाए।

यता ओमनका ब्याट्सम्यानका लागि करण केसी र शुसन भारी भारी बने। १० ओभर बलिङ गरेका करण केसीले ४ विकेट लिएर ४७ रन दिए। त्यस्तै शुसन भारीले १० ओभर बलिङ गर्दै १४ रन दिँदै १ मेडन राखेर ३ विकेट लिए। उनले ओमनका कप्तान जेसन मक्सुद, सुरज कुमार र सन्दीप गौडलाई पभेलियन फर्काए। करणले जतिन्दर सिंह, खावर अली, नसिम खुशी र कलिमुल्लाहलाई आउट गरे।

त्यसबाहेक र दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। सन्दीप लामिछाने भने बलिङमा केही महँगा देखिए। उनले १० ओभरमा ४५ रन खर्चिँदै विकेटविहीन रहे।

नेपालले हाल जवाफी ब्याटिङ गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell