PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्लास्टिक उद्योगमा आगलागी हुँदा करोड बढीको क्षति



राधेश्याम पटेल

प्लास्टिक उद्योगमा आगलागी हुँदा करोड बढीको क्षति

वीरगंज : वीरगंज-१४ गण्डक बाइपास सडकमा रहेको अमृत प्लास्टिक उद्योगमा आगलागी भएको छ। बुधवार विहान ३ बजे भएको आगलागीमा १ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

वीरगंज, कलैया र पोखरीयताबाट आएको तीन वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो। वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए। आगलागी कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको उनले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell