PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

होम ग्राउन्डमा पहिलो खेल, ओमनसँग नेपाल १८ रनले पराजित



मुकुन्द घिमिरे

होम ग्राउन्डमा पहिलो खेल, ओमनसँग नेपाल १८ रनले पराजित

काठमाडौं : नेपालले पहिलो पटक होम ग्राउन्डमा खेलेको एक दिवसीय खेलमा नै हार बेहोरेको छ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा आइसिसी वर्ल्डकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले पराजित भएको छ। 

टस जित्दै बलिङ गरेको नेपाललाई ओमनले १ सय ९८ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले  ४६.४ ओभरमा  १७९ रन मात्रै बनाउन सक्यो।  नेपालका ओपनिङ ब्याट्म्यान कप्तान ज्ञानेन्द्र मल्ल १ रन र पूर्व कप्तान पारस खड्का ३ रन बनाउँदै आउट भए।  नेपालका लागि शरद भेष्वास्करले सर्वाधिक ५५ रन बनाउँदा दीपेन्द्र सिंह एरीले ३६ रन बनाए। 

ओमनका जेहशान मकसुदले १० ओभरमा ३ विकेट लिए भने खालिमुल्लाह र बिलाल खानले २ विकेट लिएका थिए। 
पहिले ब्याटिङ गरेको ओमनका लागि मोहम्मद नदिमले अर्धशतकीय पारी खेल्दै अभिजित ६७ रन बनाउँदा सन्दीप गौडले ३३ रन बनाए। त्यस्तै जेसन मक्सुदले २० रन बनाउँदा अक्विब इल्यासले १६ रन बनाएका थिए।

त्रिकोणात्मक सिरीजको खेलतालिका अनुसार माघ २३ गते ओमन र अमेरिकाबीच खेल हुनेछ। यस्तै, माघ २५ गते नेपाल र अमेरिका भिड्दा माघ २६ गते भने नेपालले ओमनसँग पुनः प्रतिस्पर्धा गर्नेछ।

माघ २८ गते अमेरिका र ओमन र माघ २९ गते नेपाल र अमेरिकाबीच खेल हुनेछ।

लिग २ विश्वकप पुग्ने रोडम्याप हो। जसमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्। अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell