PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बालुवाटारको जग्गा : कसको भागमा कति बिगो दावी?



पहिलोपोस्ट

बालुवाटारको जग्गा : कसको भागमा कति बिगो दावी?

काठमाडौं : बालुवाटारमा रहेको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ। तीन पूर्वमन्त्री, पूर्वसचिव, व्यपारी सहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर भएको हो।

दायर भएको मुद्दामा १ सय १० जनाको जग्गा जफतसहित कारवाहीको माग गरिएको छ भने ६५ जनाबाट जग्गा फिर्ता लिने मागदावी मुद्दामा गरिएको छ।

सबैभन्दा धेरै माग दावी शशीकान्त ढकालमाथि गरिएको छ। उनलाई ३९ करोड २७ लाख ६८ हजार रुपैयाँको माग दावीसहित मुद्दा दायर भएको हो। त्यस्तै विजय गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार, दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार, दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँको मागदावी गरिएको छ। भाटभटेनी सुपरमार्केटसँग ५० करोड रुपैयाँ मागदावी गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell