PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

वडाध्यक्ष धामीको मृत्यु सम्बन्धी घटनाको छानबिन गर्न कांग्रेसको माग



रासस

वडाध्यक्ष धामीको मृत्यु सम्बन्धी घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका-२ का पार्टीको तर्फबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा र भर्त्सना गर्दै घटनाको यथार्थ छानबिन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको समेत गरेको छ। वडाध्यक्ष धामी गत माघ २० गते गैरीगाउँस्थित स्थानीयको भैँसीगोठमा रहस्यमय तवरले मृत अवस्थामा भेटिएका थिए।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका वडाध्यक्ष धामीको निधनप्रति कांग्रेसले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समेवदना प्रकट गरेको गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell