PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

चिसो छल्न रूकुमबाट दाङ झरेका २३० भेडा मरे



रासस

चिसो छल्न रूकुमबाट दाङ झरेका २३० भेडा मरे
रुकुमबाट चरणका लागि दाङ ल्याइएका भेडा मरेपछि गत शनिवार घोराही १९ पाँच पोखरीको जंगलमा पुगेको चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली। फोटो : रासस (फाइल)।

घोराही : पूर्वी रूकुमको भूमे गाउँपालिका–१ लुकुमबाट चिसो छल्न र चराउन दाङको घोराही उपमहानगरपालिका–१९ पाँचपोखरीमा ल्याइएका भेडामा ‘पिपिआर रोग’ भएको पुष्टि भएको छ। समयमा उपचार नपाउँदा करिब २३० भेडा मरेका थिए।

सो उपमहानगरपालिकाको पशु शाखा, पशु सेवा विज्ञ केन्द्र तथा जनप्रतिनिधि सहितको प्राविधिक टोली भेडा मरेको जानकारी आएपछि प्रभावित क्षेत्रमा पुगेको थियो। नमूना संकलन गरेर परीक्षणका लागि सुर्खेत पठाइएको थियो। क्षेत्रीय रोग अनुसन्धान प्रयोगशालाले पिपिआरको लक्षण देखिएको जनाएको थियो।

चारजना भेडापालक किसानले लुकुमबाट करिब ५०० भन्दा बढी भेडा ल्याएका थिए। पशु सेवा विज्ञ केन्द्र प्रमुख श्रीधर शर्माले बाँकी रहेका भेडाको उपचार जारी रहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell