PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

पत्रकारिता तथा आम सञ्चार विभागको भवन शिलन्यास



पहिलोपोस्ट

पत्रकारिता तथा आम सञ्चार विभागको भवन शिलन्यास

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन निर्माण शिलन्यास भएको छ। बुधवार बिहान बल्खुस्थित त्रिवि परिसरमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भवनको शिलन्यास गरेका हुन्।

कार्यक्रममा उनले पत्रकारिता र आम सञ्चारको अवस्था र विकासका पाटोहरु बारे सम्बोधन गर्दै  'आगामी दिनमा पत्रकारिता विभागको पाठ्यक्रम एवं गतिविधी अनुसन्धान केन्द्रित हुनेछन्,’ भने।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले भवन निर्माण प्रक्रियादेखि अन्य पक्षमा आवश्यक सहयोगका लागि त्रिवि तत्पर रहने बताएका थिए।

कार्यक्रममा निर्माण हुन लागेको भवन बारे इन्जिनियरङ कन्सल्टेन्सी सेवी प्रमुख नारायण प्रसाद गौतमले जानकारी दिए।

२०५८ पत्रकारितामा स्नातकोत्तर तहको पढाई सुरु भएसँगै स्थापित विभाग हालसम्म रत्नराज्य क्याम्पस परिसरमा रहेको छ। आगामी दुई वर्षभित्र भवन निर्माण सम्पन्न हुने गुरु योजनासहित काम सुरु भएको हो।

सरकारले अघिल्लो आर्थिक वर्षमा यस भवनका लागि बजेट विनियोजन गरेको थियो। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागलाई भौतिक सुविधा सम्पन्न बनाउने गरी भवनसमेत निर्माणका लागि बजेट विनियोजन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell