PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

'मिसेस एण्ड मिस गुरुङ २०२०'को तेस्रो संस्करण हुँदै



पहिलोपोस्ट

'मिसेस एण्ड मिस गुरुङ २०२०'को तेस्रो संस्करण हुँदै

काठमाडौँ: मिसेस एण्ड मिस गुरुङ २०२० को तेस्रो संस्करणको ताजका लागि प्रतियोगीहरु प्रशिक्षण लिँदैछन्। एसके इन्टरटेनमेन्टको आयोजना रहेको प्रतियोगिताको फिनाले आउँदो माघ २९ गते बुधबार राष्ट्रिय नाचघरमा हुँदैछ। गत बुधबार प्रतियोगिता अन्तर्गत् 'ट्यालेन्ट सो' सम्पन्‍न भयो। कार्यक्रममा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय, गायन लगायत अन्य कला प्रस्तुत गरे।

गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज र रहन-सहन उजागर तथा प्रवर्धनका लागि विवाहित तथा अविवाहित गुरुङसेनीहरुबीच प्रतियोगिता गराउन लागेको आयोजकले बताए। प्रतियोगिताको शीर्ष विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा पनि सहभागिता जनाउन पाउने आयोजक शान्त तामाङको दाबी छ।

फिनालेका लागि चयन भएका प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण दिँइदै छ। सञ्चार दक्षता, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने लगायत व्यक्तित्व विकासका लागि आवश्यक कक्षाहरु सञ्चालित रहेको तामाङले बताए। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell